Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

३ वर्षे र ४ वर्षे स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खु


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी,व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरु, तिन वर्षे स्नातक तह मानविकी तर्फका आँशिक र प्राईभेट तथा प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तिन बर्षे स्नातक तहको  समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तिन वर्षे प्रथम वर्षका आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राईभेट (आँशिक)  परीक्षाथीैहरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल चैत्र ३१  गते देखि २०७८ वैशाख ३० गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) परीक्षा फाराम सम्वन्धमा ः 

क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि.का. जवाफदेही हुने छैन । 

ख) ३ वर्षे स्नातक तहमा २०७० सालमा भर्ना भई २०७१ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ । 

ग) क्याम्पसका तथा प्राइभेट (आँशिक)  विद्यार्थीहरुले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ ।

घ) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ । 

ङ) परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 

च) मौका परीक्षार्थीहरुको हकमा तिन वर्षे स्नातक तह कार्यक्रम संचालन भए देखिका सम्पूर्ण परीक्षार्थीहरुलाई जनाउछ ।

छ) परीक्षा फारम यलष्लिभ माध्यम वाट सम्वन्धित क्याम्पसहरुले धधध।तगभहबm।भमग।लउ मा दिइएको निर्देशन अनुसार मिति २०७८ वैशाख ३० गते भित्र इन्ट्रि गरि सक्नु पर्नेछ । यस विषयमा थप जानकारी आवश्यक भए त्रि.वि.प.नि.का. वल्खुको धभदकष्तभ   हेर्न हुन पनि सूचित गरिन्छ ।

२)  प्राइभेट (आँशिक) परीक्षार्थीहरुले याद राख्नुपर्ने कुराहरु ः 

क) आफुलाइ पायक पर्ने निम्न लिखित त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयका क्षेत्रीय कार्यालयमा पनि सम्पर्क राखी प्राइभेट (आँशिक)  परीक्षार्थीहरुले परीक्षा आवेदन फारम बुझाउन सक्नेछन् । 
क) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, स्नाकोत्तर क्याम्पस भवन, विराटनगर ।
ख) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय ,पृथ्वीनारायण ब. क्याम्पस भवन, पोखरा ।
ग) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय , भृकुटीनगर, नेपालगञ्ज ।
घ) क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय , अत्तरिया, कैलाली ।

३) परीक्षा आवेदन फारम भर्ने म्याद र शुल्क सम्बन्धमा ः 

४) परीक्षा शुल्क  सम्वन्धमा ः 
क)क्याम्पसका नियमित तथा अांशिक परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रु. ४७०÷— 
ख) प्राइभेट (आँशिक) परीक्षार्थीका लागि प्रति खण्ड शुल्क रु. ९००÷—
ग) क्याम्पस र प्राइभेटका मौका परीक्षार्थीका लागि प्रति खण्ड शुल्क     रु १००० ÷—
घ) परीक्षा आवेदन फारम शुल्क रु. ६०÷—
ङ ) परीक्षा केन्द्र शुल्क प्रति खण्ड रु. १००÷—
च) प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क रु. १५०÷—
छ) दुई वा सोभन्दा बढी विषयका लागि प्रयोगात्मक परीक्षा शुल्क रु. २७५÷—
ज) फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु. २७५÷—
५) परीक्षा शुल्क बुझाउने सम्बन्धमा ः

क) काठमाण्डौ उपत्यका भित्रका क्याम्पस र प्राइभेट (आँशिक) परीक्षार्थीहरुले त्रि.वि.कीर्तिपुर÷बल्खु परिसर भित्र रहेको ग्लोबल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५००१०००९९१०८०००००१ मा परीक्षा सम्बन्धी शुल्कहरु जम्मा गरी सक्कल वैंक भौचर  सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

ख) काठमाण्डौ उपत्यका बाहिरका क्याम्पस र प्राइभेट (आँशिक) परीक्षार्थीहरुले वल्खु स्थित नेपाल बैंक लिमिटेड अथवा ग्लोबल बैंक लि. वल्खु शाखाबाट अथवा काठमाण्डौ उपत्यका भित्रका कुनै पनि बैंकबाट भुक्तानी पाउने गरी त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको नाममा वैंक भौचर  बनाई फारम साथै पेश गर्नु पर्नेछ ।

ग) क्षे.प.नि.का.विराटनगर क्षेत्रका क्याम्पस तथा प्राइभेट (आँशिक) परीक्षार्थीहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च.हि.नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डा शाखा, विराटनगरमा रकम बुझाएको वैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

घ) क्षे.प.नि.का.नेपालगञ्ज क्षेत्रका क्याम्पस तथा प्राइभेट (आँशिक) परीक्षार्थीहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च.हि.नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक शाखा, नेपालगंजमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

ङ) क्षे.प.नि.का.पोखरा क्षेत्रका क्याम्पस तथा प्राइभेट (आँशिक)  परीक्षार्थीहरुले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि.वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च.हि.नं. ०९१००१०११०१३४००००००१ नेपाल बैक लिमिटेड बगर शाखा,पोखरामा रकम वुझाएको वैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्ने छ ।

च) क्षे.प.नि.का.अत्तरियाको हकमा काठमाण्डौ त्रि.वि .प.नि.का.वल्खु परीसरमा रहेको ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैड्ढ लिमिटेडको आम्दानी खाता नं. ०४५००१०००९९१०८०००००१ मा परीक्षा सम्बन्धी शुल्कहरु जम्मा गरी सक्कल वैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

६) परीक्षा दिन पाउने अवधि सम्बन्धमा ः

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्बाट पारित निर्णय नं. १२३ बमोजिम ३ वर्षे शैक्षिक कार्यक्रमका विद्यार्थीहरुले पहिलो पटक परीक्षामा सम्मिलित (परीक्षा फारम भरेको) भएको वर्षबाट ७ वर्षभित्र पाठ्यक्रमले तह पूरा गर्न तोकेको सम्पूर्ण आवश्यकताहरु पूरा गरी सक्नुपर्नेछ । 

७) प्राइभेट (आँशिक) परीक्षार्थीहरुका लागि निम्न लिखित परीक्षा केन्द्रहरु तोकिएका छन् । परीक्षा आवेदन फारम ती केन्द्रहरुबाट पनि निःशुल्क प्राप्त गर्न सकिनेछ । तर फारम सम्बन्धी सम्पूर्ण शुल्क फारम साथै यस कार्यालयमा बुझाउनुपर्नेछ ।
प्राइभेट (आँशिक) परीक्षार्थीहरुका लागि परीक्षा केन्द्रहरु: 

सि.नं.

परीक्षा केन्द्र

परीक्षा आवेदन फारम प्राप्त हुने स्थान

सि.नं.

परीक्षा केन्द्र

परीक्षा आवेदन फारम प्राप्त हुने स्थान

१.

इलाम

महेन्द्ररत्न ब. क्याम्पस, इलाम

२.

भद्रपुर

मेची ब. क्याम्पस, भद्रपुर

३.

धरान

महेन्द्र ब. क्याम्पस, धरान

४.

धनकुटा

धनकुटा ब. क्याम्पस, धनकुटा

५.

भोजपुर

भोजपुर ब. क्याम्पस, भोजपुर

६.

विराटनगर

म.मो.आ.ब. क्याम्पस, विराटनगर

७.

राजविराज

महेन्द्र विन्देश्वरी ब. क्याम्पस, राजविराज

८.

जनकपुर

रामस्वरुप रामसागर ब. क्याम्पस, जनकपुर

९.

पोखरा

पृथ्वीनारायण क्याम्पस, पोखरा

१०.

भरतपुर

वीरेन्द्र ब. क्याम्पस, भरतपुर

११.

पाल्पा

त्रिभुवन ब. क्याम्पस, पाल्पा

१२.

बाग्लुङ्ग

धवलागिरी ब. क्याम्पस, बाग्लुङ्ग

१३.

नेपालगञ्ज

महेन्द्र ब. क्याम्पस, नेपालगञ्ज

१४.

भैरहवा

भैरहवा ब. क्याम्पस, भैरहवा

१५.

डोटी

डोटी ब. क्याम्पस, डोटी

१६.

दाङ

महेन्द्र ब. क्याम्पस, दाङ

१७.

महेन्द्रनगर

सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर

१८.

काठमाण्डौ

परीक्षा नियन्त्रण कार्यालय, बल्खु


८) समयावधि थप सम्बन्धमा ः 

२०६५ पौष १४ गते बसेको त्रि.वि सभाको बैठकबाट पारित भए बमोजिम कुनै परीक्षार्थी दृष्टिविहिन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारिक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणितपत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सोभन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

द्रष्टव्यः

सवै क्याम्पसहरुले अनलाईन मार्फत भरेको परीक्षा फारम मात्रै वुझिने भएकोले सोहि अनुसार गर्न गराउन सम्वन्धित सवैलाई यसै सूचना मार्फत सूचित गरिन्छ ।


परीक्षा नियनत्रक


Notices

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको  जरुरी सूचना »»

View More »


४ वर्षे स्नातक तह वि.ए., वि.वि .एस. , वि.एड. दोस्रो वर्षको नियमित / आँशिक तथा ३ वर्षे वि.ए. आँशिक र प्राइभेट आँशिक परीक्षा दिने परिक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

Click here to view »»

View More »


स्नातकोत्तर तह प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

Click here to view »»

View More »