Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

३ वर्षे एल.एल.वी.प्रथम वर्ष २०७६ को नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्नेे सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय ,बल्खु

३ वर्षे एल.एल.वी.प्रथम वर्ष २०७६ को नियमित तथा आँशिक  परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्नेे सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल.वि.प्रथम वर्ष २०७६ को नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुलाई २०७७ साल माघ १५ गते देखि फागुन २३ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । २०७७ साल फागुन २३ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वधित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना  प्रकाशित गरीएको छ ।

साथै यो सूचना प.नि.का.को tuexam.edu.np मा हेर्न सकिन्छ । 

परीक्षा नियन्त्रक


Notices

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना |

. »»

View More »


Exam Schedule: 4/3 Years B.Sc. , B.B.S., B.Ed. & B.A. 2nd Year-2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ३/४ वर्षे मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं»»

View More »


EXAM SCHEDULE 3 Years LLM Partial-3rd Year. –2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप  २०७७ सालमा संचालन हुने कानून संकायतर्फ ३ वर्षे एल.एल.एम तेस्रो वर्ष २०७६ को अांशिक परीक्षा»»

View More »