५ बर्षे विए.एल.एल.वि. तेस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा ।
श्री सम्बन्धित सबै क्याम्पसहरु ।
विषय : ५ बर्षे विए.एल.एल.वि. तेस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाषर््िाक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ५ बर्षे विए.एल.एल.वि तेस्रो वर्ष २०७७ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७७ साल चैत्र ०६ गते देखि २०७८ वैशाख ०५गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जान कारी गराइन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । २०७८ साल वैशाख ०५ गते पछि एक हप्तासम्म दोब्बर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन । साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा म्यानेजर चेक सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोब्बर दस्तुरको पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।
परीक्षा नियन्त्रक