Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

Examination Schedule 4 Years Bachelor Level BFA 4th Year 2077

त्रिभुवन विश्वविद्यालय 
परीक्षा नियन्त्रण कार्यालय

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा संचालन गरिने ४ वर्षे वी.एफ.ए चौथो बर्षका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

परीक्षा समय :विहान ७.०० बजेदेखि १०.००                   परीक्षा केन्द्र :महेन्द्ररत्न क्याम्पस,ताहाचल

Date

Subjects

2077-10-02

Ptg./Grph./Sculp./Tn.Sculp.332 History Of Art And Aesthetics

2077-10-03

Tab/Mus.333 Applied Theory

Dan.330 Applied Theory

2077-10-04

Tab/Mus.335 Folk Music Theory

2077-10-05

Tab/Mus.336 General Theory

Dan.335 General Theory

2077-10-07

Mus.338 Music Technology Theory

Tab.338 Sound Technology Theory


विषेश सूचना

      यसै कार्यक्रमानुसार ४ वर्षे वि .एफ.ए चौथो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता      क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७७ पौस २० गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७७ पौस २२ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 

५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन ।  अन्यथा केन्द्राघ्यक्षले त्यस्ता
 सामान जफत गर्न सक्नेछ ।           
                                                                             
८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
 
९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

१०. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रद्द हुनेछ ।   

परीक्षा नियन्त्रक


Notices

स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक»»

View More »


३ वर्षे एल.एल. वी तृतीय वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय    परीक्षा नियन्त्रण कार्यालय, बल्खुत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल. वि तृतीय»»

View More »


४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालयबल्खु, काठमाडौं, नेपाल ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक»»

View More »