Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोह सम्बन्धी अत्यन्त जरुरी सूचना |

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खुको
अत्यन्त जरुरी सूचना 
 
त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोह २०७७ साल पौष ६ गते सोमबारका दिन विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खुको प्राङ्गणमा आयोजना हुने भएकोले उक्त कार्यक्रमको तयारीका लागि यहाँ कार्यरत शिक्षक÷कर्मचारीहरुले दीक्षान्तको कार्यमा संलग्न हुनुपर्ने भई अन्य नियमति सेवाहरु संचालन गर्न कठिनाई हुने भएकोले मिति २०७७।९।५ गते आइतबारदेखि २०७७।९।७ गते मंगलबारसम्म यस कार्यालयबाट प्रदान गरिदैं आएका नियमित सेवाहरु बन्द हुने भएकोले यसबाट सेवाग्राहीहरुलाई पर्न जाने असुविधाको लागि परीक्षा नियन्त्रण कार्यालय दुःख व्यक्त गर्दछ ।

पुनश्च ः 
क) कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण रसंक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी त्रि.वि.को ४६औं दीक्षान्त समारोहमा सबै दीक्षित हुने विद्यार्थीहरुलाई कार्यक्रमस्थलमा उपस्थित गराउन नसकिने भएकोले दीक्षान्त समारोहमा सहभागी हुन Online फाराम भरेको सबै तह तथा संकाय र अध्ययन संस्थानका विद्यार्थीहरुलाई २०७७।९।७ गते बिहान ९ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म यस कार्यालयको प्राङ्गणमा तोकिएको काउण्टरहरुबाट स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी आप्mनो प्रमाणपत्र लिन सकिने व्यवस्था गरिएको व्यहोरा सूचित गरिन्छ । 

ख) मिति २०७७।९।७ गतेका दिन प्रमाणपत्र लिन छुट हुन गएका विद्यार्थीहरुले मिति २०७७।९।८ गतेदेखि यस कार्यलयको प्रमाणपत्र शाखाबाट आ–आप्mनो प्रमाणपत्र तथा गाउन नलिएको अवस्थामा गाउनको लागि जम्मा गरिएको धरौटी रकम फिर्ता लिन हुन समेत सूचित गरिन्छ ।
 

परीक्षा नियन्त्रक


Notices

Examination Schedule: 3 Years LLB - 1st Year(Partial) -2076

. »»

View More »


Examination Schedule: 4 Years Bachelor Level BFA- 2nd Year -2077

. »»

View More »


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरुरी सुचना

. »»

View More »