छयालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु
छयालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालयको छयालीसौं दीक्षान्त समारोह २०७७ साल पौष ६ गते सोमबार तदनुसार डिसेम्बर २१, २०२० का दिन त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको प्राङ्गणमा आयोजना गरिने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । कोभिड–१९को विश्वव्यापी प्रकोपका कारण यस वर्षको दीक्षान्त समारोहमा विद्यावारिधि, एम.फिल, र दीक्षान्त पदक/पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुलाई मात्र दीक्षान्त समारोहमा सहभागी गराईनेछ । अन्य विद्यार्थीहरुको हकमा यस कार्यालयको सम्बन्धित काउण्टरबाट तोकिएको समय र मिति भित्र आ–आफ्नो गाउन/स्कार्फ/टोपी लिई दीक्षान्त समारोहको भोलिपल्टदेखि प्रमाणपत्र वितरण गरिने काउण्टरबाट आ–आप्mनो प्रमाणपत्र लिन सकिनेछ । दीक्षान्त समारोहमा सहभागी हुने/नहुने विद्यार्थीहरुको हकमा विस्तृत कार्यक्रम निम्नानुसार हुनेछ |
१. गाउन/स्कार्फ/टोपी वितरण :
क. मिति २०७७ साल मंसिर २९ गतेदेखि पौष ५ गतेसम्म मात्र (बिदाका दिनमा समेत वितरण गरिनेछ) ।
ख. समय : विहान १०:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म (सामाजिक दूरी कायम गरी) ।
ग. स्थान : त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खु ।
घ. दीक्षान्त समारोहमा गाउन, स्कार्प/टोपी लिनको लागि विद्यार्थीले आपूmले अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।
२. पोशाक : दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुले त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी अनिवार्य रुपमा लगाउनु पर्नेछ । ।
३. प्रमाणपत्र वितरण :
क. प्रमाणपत्र वितरण त्रि.वि.प.नि.का.बल्खु स्थित प्रमाणपत्र वितरण काउण्टरहरुबाट मिति २०७७ पौष ७ गतेदेखि १०
गतेसम्म बिहान १०:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म गरिनेछ । उक्त अवधि पछि सम्बन्धित शाखाबाट मात्र
वितरण गरिनेछ ।
ख. प्रमाणपत्र लिनका लागि अनलाइन फर्म भर्दा प्राप्त गरेको समारोह प्रति (Ceremony Slip) अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।
४. गाउन, स्कार्फ/टोपी र धरौटी रकम फिर्ता :
क. गाउन/स्कार्फ फिर्ता गरिने मितिः २०७७ पौष ७ गते देखि पौष १५ गतेसम्म (बिदाको दिन बाहेक)
ख. त्रि.वि.प.नि.का., बल्खुबाट बिहान १०:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म गाउन/स्कार्प/टोपी विद्यार्थीबाट लिई धरौटी रकम दीक्षान्त समारोहको लागि अनलाइन फर्म भर्दा उल्लेख गरेको बैंक खाता मार्फत फिर्ता गरिनेछ ।
ग. अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन फिर्ता फर्म सहित गाउन र स्कार्फ/टोपी फिर्ता बुझाए पछि मात्र धरौटी र अभिभावक शुल्क फिर्ता गरिनेछ । गाउन र स्कार्फ/टोपी हराएमा, हानी नोक्सानी भएमा वा तीन मध्ये कुनै एक हराएमा वा फिर्ता नवुझाएमा सो को मूल्य नियमानुसार कट्टा गरिनेछ । तर गाउन, स्कार्पm÷टोपी नलिएका विद्यार्थीहको धरौटी तथा अभिभावक शुल्क पूरै फिर्ता गरिनेछ ।
घ. धरौटी फिर्ता लिन अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन फिर्ता फर्म अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । अन्यथा धरौटी तथा अन्य रकम फिर्ता गरिने छैन् ।
ङ. उपरोक्त मिति भित्र गाउन/स्कार्फ/टोपी फिर्ता नगर्ने विद्यार्थीहरुको निम्नानुसार बिलम्ब शुल्क कटाई धरौटी रकम फिर्ता गरिनेछ । साथै फर्म भरेका तर गाउन/स्कार्फ/टोपी नलगेका विद्यार्थीहरुका लागि पनि आप्mनो धरौटी रकम फिर्ता लिन निम्नानुसार नै विलम्व शुल्क लाग्नेछ ।
च. बिलम्व शुल्क लिइ गाउन/स्कार्फ/टोपी वापतको धरौटी रकम फिर्ता गर्ने मिति :
मिति विलम्ब शुल्क
२०७७-९-१६ देखि २०७७-९-२० सम्म रु.२५।–
२०७७-९-२१ देखि २०७७-९-२५ सम्म रु.५०।–
२०७७-९-२६ देखि २०७७-१०-२ सम्म रु.१००।–
२०७७-१०-३ देखि २०७७-१०-१० सम्म रु.३००।–
उपरोक्त मिति भित्र पनि धरौटी नलगेमा धरौटी रकम स्वतः ल्याप्स हुनेछ ।
परीक्षा नियन्त्रक